We are give entertaiment and news 24 hours.stay ahead with us.

LightBlog

Breaking

Saturday, May 5, 2018

प्रहरी खोरमा यातायात व्यवसायी

प्रहरीले सार्वजनिक सवारी साधन बन्द गर्ने व्यवसायीलाई पक्राउ गरेको छ। देशभरबाट प्रहरीले सिन्डिकेटको पक्षमा लागेर सवारी साधन बन्द गर्ने यातायात व्यवसायीलाई पक्राउ गरेको हो। गृहमन्त्री रामबहादुर थापाको निर्देशन लगत्तै प्रहरीले देशभरका विभिन्न स्थानबाट यातायात व्यवसायीलाई पक्राउ गरेको हो। धरानबाट मात्र व्यवसायीको नेतृत्व गर्दै आएका सात बढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। 
सार्वजनिक सवारी साधन बन्द गराएको अभियोगमा प्रहरीले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी, पूर्वाञ्चल यातायात संघका अध्यक्ष सरोज श्रेष्ठ, संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमु, सप्तकोसी बस व्यवसायी संघका सचिव हरि थापा, व्यवसायी राजन कट्टेल, राम परियार लगायतलाई पक्राउ गरिएको छ।





Source:Annapurna post

No comments:

Post a Comment

Privacy Policy

Privacy Policy for Khabar milan If you require any more information or have any questions about our privacy policy, please feel free to c...