नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सिन्डिकेट प्रतिस्पर्धा र विकासको दुश्मन भएकाले यसलाई नष्ट गर्नुपर्ने बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका बाबुरामले सबै दल र नागरिक एक भएर सबै क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्नुपर्नेमा समेत जोड दिएका हुन् ।
सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने विषयमा गरेको निर्णयविरुद्ध शुक्रबार यातायात व्यवसायीले सार्वजनिक सवारी साधन ठप्प पारेपछि बाबुरामले यस्तो बताएका हुन् । सँगै उनले समाजवादमा पुग्ने बाटो प्रतिस्पर्धात्मक र औद्योगिक पुँजीवाद भएकाले पनि सिन्डिकेट गर्ने प्रवृत्तिविरुद्ध झुक्नु नहुने बताएका छन् ।
सामाजिक सञ्जालमा सक्रिय बाबुरामले ट्विटमा लेखेका छन्, ‘समाजवादमा पुग्ने बाटो भनेको प्रतिस्पर्धात्मक औद्योगिक पुँजीवाद हो। सबै खाले सिन्डिकेट,कार्टेल,एकाधिकार, क्रोनिज्म प्रतिस्पर्धा र विकासका दुश्मन हुन्। यिनलाई नष्ट गर्दै अघि बढ्न सबै दल, नागरिक एक हौं । गलत प्रवृत्ति र तत्वसँग नझुकौं ।’
Source:Annapurnapost
No comments:
Post a Comment