
अभिनेत्री श्रीदेवीलाई फिल्म 'मम' का लागि सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार दिइएको हो । श्रीदेवीलाई यो पुरस्कार प्रदान गरिने समाचार सुनेपछि पति बोनी कपुर भावुक भएका छन् । 'म चाहन्छु उनी आज हाम्रो साथमा भए । मलाई उनको धेरै याद आइरहेको छ । उनलाई सम्झिएकोमा सबैलाई धन्यवाद !'
गत २४ फेब्रुअरीमा दुबईको एक होटलको रुममा बाथटबमा डुबेर श्रीदेवीको निधन भएको थियो । उनी त्यहाँ आफ्ना भाञ्जा मोहित मारवाहको बिहेमा भाग लिन पुगेकी थिइन् । त्यसपछि राजकीय सम्मानसहित उनको अन्तिम विदाइ गरिएको थियो । श्रीदेवीलाई ओस्कर अवार्डका क्रममा पनि श्रद्धाञ्जली दिइएको थियो ।
नेशनल अवार्ड यो वर्ष राजकुमार राव अभिनित फिल्म 'न्यूटन' लाई सर्वश्रेष्ठ हिन्दी फिल्मको सम्मान दिइएको थियो । 'न्यूटन' को पोल्टमा एक अर्को अवार्ड पनि आएको छ । अभिनेता पंकज त्रिपाठीलाई विशेष पुरस्कार दिइएको छ ।
अभिनेता विनोद खन्नालाई मरणोप्रान्त दादा साहेब फाल्के सम्मान दिइएको छ । फिल्म 'नागर कीर्तन' का लागि बंगाली अभिनेता रिद्धी सेनलाई सर्वश्रेष्ठ अभिनेताको पुरस्कार मिलेको छ ।
नेशनल अवार्ड समिति प्रमुख तथा चर्चित निर्देशक शेखर कपुर यी सबै पुरस्कारको घोषणा गरेका हुन् । सबै विजेताहरुलाई ३ मेमा राष्ट्रपति रामनाथ कोविन्दले नेशनल अवार्ड सम्मानबाट सम्मानित गर्ने कार्यक्रम छ ।source:Annapurnapost
No comments:
Post a Comment