We are give entertaiment and news 24 hours.stay ahead with us.

LightBlog

Breaking

Saturday, April 14, 2018

कति शक्तिशाली छ अमेरिकाले सिरियामा हानेको टमहक मिसाइल

अमेरिकाले सिरियामाथि एक पटक फेरि हमला गरेको छ । यस पटक अमेरिकाले आफ्नो सबैभन्दा शक्तिशाली  टम हक मिसाइल हानिएको छ । 
टम हक मिसाइल अमेरिकी सेनाकव सबैभन्दा शक्तिशाली र अचुक मिसाइल हो । जसको अमेरिकाले विगत २० वर्षदेखि प्रयोग गर्दै आएको छ ।अमेरिकाले एक निश्चित र सुरक्षित दुरीबाट अचुक हमला गर्नुपर्‍यो भने टम हक मिसाइल प्रयोग गर्दै आएको छ । 
सिरियामा चरमपन्थी संगठनको ठेगानामा अमेरिकाले पहिले पनि हवाई हमला गरिसकेको छ । सन् २०१७ मा पहिलो पटक अमेरिकाले सिरियामाथि सीधै कारबाही थालेको थियो । यो हमले सिरियाली सरकारविरुद्ध गरिएको थियो । सिरियामा सन् २०११ देखि युद्ध भइरहेको छ । 
अचूक निशाना, लामो दुरी 
तपाईँलाई लाग्न सक्छ, आखिर के हो त टम हक मिसाइल ? यसमा त्यस्तो के छ र अमेरिका ठुला युद्धमा यही हतियारमा निर्भर रहन्छ ? 
छ मिटर लामो, करिब डेढ हज़ार किलो तौलवाला यो मिसाइल लामो दूरीसम्म क्षति गर्न सक्षम छ । यी मिसाइलमा ४५४ किलोग्राम विस्फोटक हालिएको हुन्छ । 
टमहक मिसाइल ८८५ किलोमीटर प्रतिघण्टाको गतिमा १६०० किलोमिटरको दुरीमा रहेको आफ्नो निशानालाई सजिलै तहसनहस गर्न सक्छ । रेदियन कम्पनीका अनुसार टम हक विश्वकै सबैभन्दा अत्याधुनिक क्रुज मिसाइल हो ।  
खाडी युद्धको समयदेखि 
यो मिसाइल जीपीएस प्रविधिमा काम गर्छ । टम हक मिसाइल पनि चुक्न सक्छ । तर यो मिसाइल निशाना भन्दा १० मिटर भन्दा धेरै टाढा भने जाँदैन । 
अमेरिकाको रेदियन कम्पनी टम हक मिसाइलको निर्माण गर्छ । कम्पनीका अनुसार टम हक विश्वकै सबैभन्दा अत्याधुनिक क्रुज मिसाइल हो ।
समाचार अनुसार टम हक मिसाइलको निर्माण दुई हजार भन्दा धेरै पटक प्रयोग भइसकेको छ । यो मिसाइलको ५०० भन्दा धेरै पटक परीक्षण भइसकेको छ। 
टम हक मिसाइलको लामो इतिहास पनि छ । ९० को दशकमा खाड़ी युद्धको समयदेखि टम हक मिसाइल अमेरिकी हतियारमा सबैभन्दा अहम बन्दै गएको छ । 
त्यो बेला अमेरिकाको नेतृत्वमा पश्चिमी देशको गठबन्धनमा इराकमाथि सैन्य कारबाही गरिएको थियो । त्यो बेला अपरेशन डेजर्ट स्टर्म चलाइएको थियो । अमेरिकाले पहिलो पटक टम हक मिसाइलको प्रयोग खाडी युद्धको समयमा अपरेशन डेजर्ट स्टर्ममा गरेको थियो । 
गद्दाफीविरुद्ध 
केवल इराक मात्रै होइन लिबियामा पनि टम हक मिसाइल प्रयोग भइसकेको छ । सन् २०११ मा जब कर्नेल गद्दाफीविरुद्ध नेटो देशले कारबाही चलाएको थियो त्यो बेला टम हक मिसाइललाई उत्कृष्ट मानिएको थियो । 
अमेरिकाले टम हक मिसाइलको प्रयोग सन् २०१४ मा आफूलाई इस्लामिक स्टेट बताउने चरमपन्थी संगठनविरुद्ध प्रयोग गरेको थियो । 
आईएसविरुद्ध यो हमला सिरियामा गरिएको थियो । त्यस बेला फारसको खाडी र लाल सागरमा रहेका दुई जहाजबाट ४७  टम हक मिसाइल हानिएको थियो । 
लिबिया र सिरियापछि यमनमा तीन रडार ठेगाना नष्ट गर्नका लागि टम हक मिसाइल प्रयोग गरिएको थियो । सन् २०१७ मा पूर्वी भूमध्यसागरमा रहेका दुई युद्धक जहाजबाट अमेरिकाले सिरियाको एक एयरबेसमा ५९ टम हक मिसाइल हानेको थियो । Source:Annapurapost.com

No comments:

Post a Comment

Privacy Policy

Privacy Policy for Khabar milan If you require any more information or have any questions about our privacy policy, please feel free to c...